ईसाई धर्म
पछाडि

भजनसंग्रह 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1धन्य हुन् तिनीहरू, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।

2तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।

3तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।

4दुष्‍टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्।

5यसकारण दुष्‍टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।

6किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्‍टहरूको मार्गले विनाशमा पुर्‍याउँछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath