ईसाई धर्म
पछाडि

भजनसंग्रह 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ; अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।

2हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ; हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।

3तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्; तिनीहरूबाट कुनै सोर सुनिँदैन।

4तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ; तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्। परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।

5जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ, दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।

6त्यो आकाशको एक कुनाबाट उदाउँछ, र अर्को कुनासम्म चक्‍कर लगाउँछ; त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।

7याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।

8याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने।

9याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्।

10ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।

11तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।

12तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्? मेरा गुप्‍त दोषहरू क्षमा गरिदिनुहोस्!

13आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्; ममाथि ती प्रभुत्व हुन नपाओस्; अनि म दोषरहित र घोर अपराधहरूबाट निर्दोष हुनेछु।

14हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक! मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान तपाईंका दृष्‍टिमा ग्रहणयोग्य हुन सकून्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath