भजनसंग्रह 16
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु।
2मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”
3पृथ्वीमा भएका भक्तजनहरू चाहिँ, “तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”
4अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ। म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ। न त तिनीहरूका नाम मेरो ओठले उच्चारण गर्नेछ।
5हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ; तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।
6सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।
7यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।
8म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
9यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।
10किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
11जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath