ईसाई धर्म
पछाडि

भजनसंग्रह 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ?

2त्यो मानिस, जसको जीवन निर्दोष छ; जसले धर्मी काम गर्छ, जसले आफ्नो हृदयबाट सत्य बोल्छ,

3जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन;

4जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ, तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ; जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन, र जसले आफ्नो मन बदल्दैन;

5जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath