ईसाई धर्म
पछाडि

भजनसंग्रह 149

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ, उहाँको प्रशंसा उहाँका विश्‍वासयोग्य जनहरूका सभामा छ।

2इस्राएल आफ्ना सृष्‍टिकर्तामा आनन्दित होओस्; सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्!

3तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्; र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!

4किनकि याहवेह आफ्ना प्रजासित प्रसन्‍न हुनुहुन्छ; उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्‍याइदिनुहुन्छ।

5उहाँका विश्‍वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!

6तिनीहरूका मुखमा परमेश्‍वरको प्रशंसा होस्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्,

7ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति, र जाति-जातिहरूलाई दण्ड दिन;

8तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न;

9तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्— यही नै उहाँका सबै विश्‍वासयोग्य जनहरूको महिमा हो। याहवेहको प्रशंसा गर!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath