ईसाई धर्म
पछाडि

भजनसंग्रह 147

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको प्रशंसा गर! हाम्रा परमेश्‍वरको स्तुति गाउनु असल हो; उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ!

2याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।

3उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

4उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ; र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।

5हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ; उहाँको समझशक्तिको कुनै सीमा छैन।

6याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टलाई भुइँमा खसाल्नुहुन्छ।

7कृतज्ञतासहित याहवेहका निम्ति गाओ; वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्‍वरको स्तुति गाओ।

8उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।

9उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ, र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।

10उहाँको आनन्द घोडाको बलमा होइन, न त योद्धाका खुट्टामा उहाँ प्रसन्‍न हुनुहुन्छ;

11तर याहवेह उहाँको भय मान्‍नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्‍न हुनुहुन्छ।

12हे यरूशलेम, याहवेहको स्तुति गर्! हे सियोन, आफ्ना परमेश्‍वरको प्रशंसा गर्।

13उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।

14उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई असल गहुँले सन्तुष्‍ट पार्नुहुन्छ।

15उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ।

16उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।

17उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?

18उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।

19उहाँले आफ्नो वचन याकोबलाई, अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।

20उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन; तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। याहवेहको प्रशंसा गर!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath