ईसाई धर्म
पछाडि

भजनसंग्रह 146

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!

2म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु; म बाँचुन्जेल मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु।

3शासकहरूमाथि भरोसा नगर; मानव-जातिमाथि, जसले बचाउन सक्दैन।

4जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्; त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।

5धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्‍वर हुनुहुन्छ, जसको आशा याहवेह तिनीहरूका परमेश्‍वरमा हुन्छ।

6उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकका सृष्‍टिकर्ता हुनुहुन्छ; उहाँ सदाकाल विश्‍वासयोग्य रहनुहुन्छ।

7उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ; र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;

8याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ; र दबिएकाहरूलाई उठाउनुहुन्छ; याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।

9याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ; अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।

10याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ। हे सियोन, तेरा परमेश्‍वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ। याहवेहको प्रशंसा गर!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath