ईसाई धर्म
पछाडि

भजनसंग्रह 143

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; दयाको लागि मेरो अन्तर्बिन्तीलाई ध्यान दिनुहोस्; तपाईंको विश्‍वसनीयता र धार्मिकताअनुसार मलाई जवाफ दिनुहोस्!

2आफ्नो सेवकलाई मुद्दा मामिलाको न्यायमा नलैजानुहोस्; किनकि कोही पनि जीवित मानिस तपाईंको सामु धर्मी ठहरिँदैन।

3शत्रुले मलाई लखेट्छ; त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ; धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी, त्यसले मलाई अन्धकारमा बस्‍न बाध्य पार्दछ।

4यसर्थ मेरो आत्मा मभित्र खिन्‍न हुन्छ; मेरो हृदय मभित्रै विचलित भएको छ।

5म अतीतका ती दिनहरू सम्झना गर्दछु; तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु, र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।

6म मेरा हात तपाईंतिर फैलाउँछु; सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला

7हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु।

8हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्; किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु; म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्; किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।

9हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; किनकि म आफूलाई तपाईंमा लुकाउँछु।

10मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई समतल जमिनमा डोर्‍याऊन्!

11हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्; तपाईंको धार्मिकतामा मलाई कष्‍टबाट छुटाउनुहोस्।

12तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्; मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्; किनकि म तपाईंको सेवक हुँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath