ईसाई धर्म
पछाडि

भजनसंग्रह 142

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1उच्‍च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।

2उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।

3मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्‍नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।

4मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन।

5हे याहवेह, म तपाईंलाई पुकार गर्छु; म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ, अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”

6मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।

7मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath