ईसाई धर्म
पछाडि

भजनसंग्रह 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?

2कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?

3हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्; मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु।

4नत्रता मेरो वैरीहरूले भन्‍नेछ, “मैले त्यसमाथि विजय पाएको छु,” र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्।

5तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु; मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।

6म याहवेहको स्तुति गाउनेछु; किनकि उहाँ मप्रति भलो हुनुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath