भजनसंग्रह 139
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ।
2तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।
3तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ।
4मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै, हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ।
5तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ।
6मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्चर्यपूर्ण छ; यसलाई प्राप्त गर्न मेरो निम्ति अति कठिन छ।
7तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?
8यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
9यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्लो किनारमा पुगेर बसेँ भने पनि,
10त्यहाँ पनि तपाईंको हातले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।
11यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि
12अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन; र रात पनि दिनझैँ चम्कनेछ; किनकि तपाईंको निम्ति अन्धकार पनि ज्योतिजस्तै हो।
13किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो; तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
14म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्भुत छन्, म त्यो राम्ररी जान्दछु।
15मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ;
16तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।
17हे परमेश्वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्! तिनको योग कति विशाल छ!
18यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु।
19हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभए त कति असल हुनेथियो! हे रक्तपिपासुहरू हो, मबाट दूर भइजाओ!
20दुष्ट मनसायले तिनीहरू तपाईंको विषयमा बोल्दछन्; तपाईंका शत्रुहरूले तपाईंको नामको दुरुपयोग गर्दछन्।
21हे याहवेह, तपाईंलाई घृणा गर्नेहरूलाई, के म घृणा गर्दिनँ र? र तपाईंको विरोध गर्नेहरूलाई, के म तुच्छ ठान्दिनँ र?
22मेरो हृदयमा तिनीहरूका निम्ति घृणाबाहेक अरू केही छैन; म तिनीहरूलाई मेरै शत्रु ठान्दछु।
23हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्नुहोस्; मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्नुहोस्।
24हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath