ईसाई धर्म
पछाडि

भजनसंग्रह 138

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।

2म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु; अनि तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि तपाईंले आफ्नो आदेश यति उच्‍च पार्नुभयो कि, यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।

3जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।

4हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।

5तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ।

6याहवेह उच्‍चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ; तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्‍नुहुन्छ।

7म सङ्कष्‍टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।

8याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ; हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath