ईसाई धर्म
पछाडि

भजनसंग्रह 12

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्‍वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।

2हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।

3सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—

4तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”

5याहवेह भन्‍नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”

6याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सातपल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।

7हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्‍टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,

8जब मानिसहरूका बीचमा दुष्‍टताको सम्मान हुन्छ; दुष्‍टहरू गमक्‍क भई खुल्‍ला रूपमा डुलिहिँड्छन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath