ईसाई धर्म
पछाडि

भजनसंग्रह 126

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो, यो त सपनाजस्तो थियो।

2त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए; हाम्रा जिब्राहरू हर्षका गीतले भरिए। तब जाति-जातिहरूका बीच यसो भनियो, “याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”

3याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौँ।

4हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ, निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्!

5जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।

6जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्‍नका बिटाहरू बोकेर फर्कनेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath