ईसाई धर्म
पछाडि

भजनसंग्रह 122

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ।

2हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र हाम्रा खुट्टाहरू उभिएका छन्।

3यरूशलेम एउटा सहरजस्तै, एकै ठाउँमा टम्‍म गरी मिलाएर बसालिएको छ।

4इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्।

5किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्; त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।

6यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।

7तेरा पर्खालहरूभित्र शान्ति रहोस्; र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!”

8मेरा परिवार र मेरा मित्रहरूका खातिर म, “तिमीहरूमा शान्ति रहोस्!” भन्‍नेछु।

9याहवेह हाम्रा परमेश्‍वरको भवनको खातिर, म तेरो भलो चिताउनेछु।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath