भजनसंग्रह 11
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ,
2किनकि हेर, दुष्टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।
3जब जगहरू नै नष्ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?”
4याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।
5याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्टहरू, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।
6दुष्टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।
7किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath