ईसाई धर्म
पछाडि

भजनसंग्रह 115

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्!

2राष्ट्रहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्‍वर कहाँ छन्?”

3हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ।

4तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्।

5तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्;

6तिनीहरूका कान त छन्, तर सुन्‍न सक्दैनन्; नाक त छन्, तर सुँघ्न सक्दैनन्;

7हात त छन्, तर स्पर्श गर्न सक्दैनन्; खुट्टा त छन्, तर हिँड्न सक्दैनन्; न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्।

8मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।

9हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।

10हे हारूनका घराना हो, याहवेहमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।

11याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर— उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।

12याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ; उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।

13उहाँको डर मान्‍ने साना र ठूला सबैलाई याहवेहले आशिष् दिनुहुनेछ।

14याहवेहले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानहरूलाई।

15याहवेहले तिमीहरूलाई आशिष् देऊन्, जो आकाश र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।

16सर्वोच्‍च स्वर्ग याहवेहकै हो, तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।

17मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्; चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्;

18तर हामी त अहिले र सदासर्वदा नै याहवेहको स्तुति गर्दछौँ। याहवेहको प्रशंसा गर!

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath