ईसाई धर्म
पछाडि

भजनसंग्रह 111

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले, धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्‍च पार्नेछु।

2याहवेहका कार्यहरू महान् छन्; ती कार्यहरूमा प्रसन्‍न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।

3उहाँका कार्य महिमामय र ऐश्‍वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।

4उहाँले आफ्ना अद्‌भुत कार्यहरूको स्मरण गराउनुभएको छ; याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।

5उहाँको भय मान्‍नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ; र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।

6अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर, उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,

7उहाँका हातका कार्य विश्‍वासयोग्य र न्यायपूर्ण छन्; उहाँका सबै विधिहरू भरपर्दा छन्।

8ती सदासर्वदाको लागि अटल छन्, ती धार्मिकता र विश्‍वासयोग्यतामा लागू गरिएका छन्।

9उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो; उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो— उहाँको नाम पवित्र र भययोग्य छ।

10याहवेहको भय नै बुद्धिको सुरुवात हो; उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्। उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath