ईसाई धर्म
पछाडि

भजनसंग्रह 109

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मेरा परमेश्‍वर, जसको म प्रशंसा गर्छु, तपाईं चुप लागेर नबस्‍नुहोस्;

2किनकि दुष्‍ट र छली मानिसहरूले मेरो विरुद्धमा आफ्ना मुख खोलेका छन्; तिनीहरूका झूटो जिब्रोले मेरो विरुद्धमा बोलेका छन्।

3तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्; कारणविना तिनीहरू मलाई हमला गर्छन्।

4मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्, तर मचाहिँ प्रार्थना गर्ने मानिस हुँ।

5तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्, र मेरो मित्रताको साटो घृणा गर्छन्।

6मेरो शत्रुका विरोध गर्न कुनै दुष्‍ट मानिसलाई खटाउनुहोस्; त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टि खडा होस्!

7त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्, र त्यसको विन्तिले त्यसैलाई दण्डको आज्ञा ठहरिओस्!

8त्यसको आयु कम होस्; त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्!

9त्यसका छोराछोरीहरू अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस्!

10त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्; तिनीहरूका आफ्ना भताभुङ्ग भएका घरबाट पनि धपाइऊन्।

11त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्; त्यसका परिश्रमका फलहरू पराईहरूले लुटून्!

12त्यसमाथि कसैले पनि दया नगरोस्, न त त्यसका अनाथ छोराछोरीमाथि कसैले दया देखाओस्!

13त्यसका सन्तानहरू मरेर जाऊन्; र आउँदो पुस्ताबाट तिनीहरूका नामनिशानै मेटिएर जाओस्!

14याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्; त्यसकी आमाको पाप कहिल्यै नमेटिओस्!

15तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्, ताकि उहाँले पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटाइदेऊन्!

16किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन, तर दुःखी, अभावग्रस्त र हृदय टुटेकाहरूलाई मृत्युसम्म नै खेदो गरेको थियो।

17त्यसले श्राप दिन मन पराउँथ्यो— त्यसको श्राप त्यसमाथि नै आइपरोस्; त्यसले आशिष् दिन रुचाएन— त्यसबाट पनि आशिष् त्यसरी नै टाढै रहोस्!

18त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो; त्यो पानीझैँ त्यसको पेटभित्र तेलझैँ त्यसका हाडहरूमा पसोस्!

19श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्, र यो त्यसको कम्मरमा सधैँभरि बाँधिने पटुकाजस्तै होस्।

20मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्‍ट कुरा गर्नेहरूलाई याहवेहबाट यस्तै प्रतिफल मिलोस्!

21तर हे प्रभु याहवेह, तपाईंको नामको खातिर मलाई मदत गर्नुहोस्; तपाईंको प्रेमको भलाइको कारण मलाई उद्धार गर्नुहोस्!

22किनकि म गरिब र खाँचोमा छु, र मभित्र मेरो हृदय घाइते भएको छ।

23म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु; म सलहझैँ हुत्त्‍याइएर फालिएको छु।

24उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्; मेरो शरीर हाड र छाला मात्र भएको छ।

25मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु; जब तिनीहरूले मलाई हेर्छन्, तब खिसी गर्दै आफ्ना टाउकाहरू हल्‍लाउँछन्।

26हे याहवेह, मेरा परमेश्‍वर, मलाई मदत गर्नुहोस्; तपाईंको अचुक प्रेमअनुसार मलाई बचाउनुहोस्;

27ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्; हे याहवेह, यो तपाईंले नै गर्नुभएको हो भनी तिनीहरूले बुभून्!

28तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्; मलाई आक्रमण गर्नेहरू लाजमा परून्; तर तपाईंको सेवक रमाओस्!

29मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्, र आफ्नै शर्मको खास्टोले झैँ ढाकिऊन्!

30म मेरा ओठले याहवेहलाई उच्‍च प्रशंसा गर्नेछु; आराधकहरूको ठूलो भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु।

31किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि उहाँ तिनीहरूको दाहिने हातपट्टि खडा हुनुहुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath