ईसाई धर्म
पछाडि

भजनसंग्रह 102

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्; सहायताको निम्ति मेरो पुकार तपाईंका सामु पुगोस्!

2मेरो कष्‍टको समयमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्; तपाईंको कान मतिर लगाउनुहोस्; जब म पुकार गर्दछु, मलाई तुरुन्तै जवाफ दिनुहोस्!

3किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्; मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्।

4मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ; म आफ्नो भोजन खान पनि बिर्सन्छु।

5मेरो पीडामा म चर्को सोरले कराएको कारण, म हाड र छाला भएको छु।

6म उजाडस्थानको उल्‍लुझैँ भएको छु; भग्नावशेषमा बस्‍ने उल्‍लुझैँ छु।

7अनिद्राले गर्दा म जागा रहन्छु; म छानामाथिको एकलो चरोझैँ भएको छु।

8दिनभरि मेरा शत्रुहरूले मेरो गिल्‍ला गर्छन्; मेरो खिल्‍ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्।

9किनकि म खरानीलाई भोजनको रूपमा खान्छु, र म आफ्नो आँसु मिसिएको पानी पिउँछु;

10किनकि तपाईंको ठूलो क्रोधले गर्दा, तपाईंले मलाई उठाएर एकापट्टि फाल्नुभएको छ।

11मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्; म घाँसझैँ ओइलाएको छु।

12तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

13तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपा गर्नुहुनेछ; किनकि सियोनमाथि दया गर्ने समय अहिले नै हो; अब तोकिएको त्यो समय आइपुगेको छ।

14किनकि तपाईंका सेवकहरूलाई त्यहाँका ढुङ्गाहरू अति प्रिय छन्; त्यहाँको धुलोले समेत तिनीहरूलाई दया देखाउँछन्।

15जाति-जातिहरूले याहवेहको नामको भय मान्‍नेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्।

16किनकि याहवेहले सियोनलाई पुनर्निर्माण गर्नुहुनेछ, र उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ।

17उहाँले बेसहाराका प्रार्थनाप्रति ध्यान दिनुहुनेछ; उहाँले तिनीहरूका बिन्तीलाई तुच्छ ठान्‍नुहुनेछैन।

18यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्: ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्:

19यसरी उहाँले कैदीहरूका क्रन्दन सुन्‍न, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न, उच्‍च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट हेर्नुभयो; स्वर्गबाट तल पृथ्वीमाथि दृष्‍टि गर्नुभयो।

21त्यस बेला, जब याहवेहको आराधना गर्नलाई जाति-जातिहरू र राज्यहरू एकत्रित हुनेछन्। यसकारण सियोनमा याहवेहको नामको र यरूशलेममा उहाँको प्रशंसा घोषणा गरिनेछ।

23मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो; र मेरा दिनहरू घटाइदिनुभयो।

24त्यसैले मैले भनेँ: “हे मेरा परमेश्‍वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्; तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्।

25सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; र स्वर्ग तपाईंकै हातका काम हुन्।

26तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। लुगा फेरेझैँ तपाईंले तिनलाई फेर्नुहुनेछ, र ती फालिनेछन्।

27तर तपाईंचाहिँ एकनास रहनुहुन्छ, तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।

28तपाईंका सेवकहरूका सन्तान तपाईंको उपस्थितिमा बास गर्नेछन्; तिनीहरूका सन्तान तपाईंको सामु स्थिर रहनेछन्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath