ईसाई धर्म
पछाडि

भजनसंग्रह 101

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु; हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।

2म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाईं मकहाँ कहिले आउनुहुनेछ? म निर्दोष हृदय लिएर आफ्नो घरको कामकाज गर्नेछु।

3म आफ्नो आँखाहरू अगि कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु; यसमा मेरो कुनै सरोकार हुनेछैन।

4कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्; दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।

5जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ, म त्यसलाई नाश गर्नेछु; अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई, म सहनेछैनँ।

6देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु; ताकि तिनीहरू मसित बास गरून्; त्यो, जसको चालचलन निर्दोष छ, उसले नै मेरो सेवा गर्नेछ।

7छली काम गर्ने कसैले पनि मेरो घरमा बास पाउनेछैन; झूटो बोल्ने कोही पनि मेरो उपस्थितिमा खडा हुनेछैन।

8हरेक बिहान म देशका दुष्‍ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु; याहवेहको सहरबाट म हरेक दुष्कर्मीलाई नष्‍ट पार्नेछु।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath