हितोपदेश 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ।
2त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ, त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ।
3त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ।
4“सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ:
5“आओ, मसँग खाओ, र मैले मिसाएको दाखमद्य पिओ।
6आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड।
7गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, जसले दुष्टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
8गिल्ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ; बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ।
9बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ; धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ।
10याहवेहको भय नै बुद्धिको सुरुवात हो, र पवित्र परमेश्वरको ज्ञान नै समझशक्ति हो।
11किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।
12यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; यदि तिमी गिल्ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।
13अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे; त्यो सोझी र अज्ञानी हुन्छे।
14त्यो आफ्नो घरको ढोकामा बस्छे, सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे,
15आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई त्यसले नजिकबाट बोलाउँछे।
16“सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छे:
17“चोरीको पानी मिठो हुन्छ, गुप्तमा खाएको भोजन स्वादिष्ठ हुन्छ!”
18तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्ने कुरा जान्दैनन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath