हितोपदेश 8
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्च पार्दैन?
2गल्लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ,
3सहरमा पुर्याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ:
4“हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु।
5तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्त गर्ने होऊ।
6सुन, किनकि मसँग भन्नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्न म मेरो ओठ खोल्छु।
7मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्टतालाई घृणा गर्छ।
8मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्ट छैन।
9विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्।
10मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन;
11किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।
12“म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।”
13याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
14परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ।
15मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्।
16मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।
17मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्।
18मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्।
19मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।
20म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु,
21मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।
22याहवेहले आफ्नो सृष्टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो,
23परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्टि भएको थियो।
24सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो,
25पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो।
26उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ।
27जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।
28जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो;
29जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो;
30त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ।
31उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्न रहन्थेँ।
32अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।
33मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर,
34त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।
35किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ।
36“तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath