हितोपदेश 5
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्तर्दृष्टिका मेरा वचनहरू ध्यानपूर्वक सुन,
2ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।
3किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,
4तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
5त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।
6त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।
7अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ!
8त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ!
9नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्ठा निर्दयीको हातमा पर्नेछ,
10अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।
11जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।
12तब तिमीहरूले भन्नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो!
13मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ।
14परमेश्वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”
15आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ!
16के तिम्रा मुहानहरू सडकतिर, र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?
17त्यो तिम्रै निम्ति मात्र होस्, त्यसको साझेदार पराईहरू हुन नपाऊन्।
18तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
19मायालु मृग, राम्री हरिणीजस्तै, त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्, तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
20हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?
21किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्; र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ।
22दुष्ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।
23अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath