ईसाई धर्म
पछाडि

हितोपदेश 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने,

2आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने,

3साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने,

4र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने, अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने,

5तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।”

6किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।

7उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ,

8किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ।

9तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।

10किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ, र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ।

11विवेकले तिमीलाई हेरचाह गर्नेछ, र समझशक्तिले तिम्रो रक्षा गर्नेछ।

12बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग, र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,

13जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्,

14जो खराबी गर्नमा रमाउँछन्, र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्,

15जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्।

16बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,

17जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे।

18निश्‍चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्।

19त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्‍त गर्छ।

20यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।

21किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्,

22तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath