हितोपदेश 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ।
2मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्न हुन्छ।
3दुष्टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ।
4मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ।
5दुष्टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन।
6मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ।
7मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।
8कुरौटेका बोलीहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।
9आफ्नो काममा अल्छी गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ हो।
10याहवेहको नाम किल्ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।
11धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो; तिनीहरूले त्यसलाई नाप्न नसकिने पर्खाल सम्झन्छन्।
12आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ।
13जसले सुन्न अगि नै जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।
14मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ, तर टुटेको आत्मालाई कसले सहन सक्छ र?
15विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ।
16उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।
17दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठिक देखा पर्छ।
18चिट्ठा हालेर झगडा मिलाइन्छ, र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ।
19चित्त दुःखाएको भाइलाई मनाउनु किल्ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; अनि विवादचाहिँ किल्लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्।
20मानिसको पेट त्यसको मुखको फलले भरिन्छ; त्यसको ओठको कटनीद्वारा त्यो तृप्त हुन्छ।
21जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।
22पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ।
23गरिब मानिसले दयाको बिन्ती चढाउँछ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।
24जसका साथीहरू अविश्वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath