ईसाई धर्म
पछाडि

हितोपदेश 17

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।

2विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।

3चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ।

4दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ; झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ।

5गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।

6नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।

7भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!

8घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ।

9अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

10मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।

11खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।

12मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।

13यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन।

14झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।

15दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।

16मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।

17मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।

18विवेकहीन मानिसले भाकल गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ।

19झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।

20भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ।

21मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, मूर्खको बुबालाई खुशी मिल्दैन।

22प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।

23दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ र न्याय प्राणाली बिगारिदिन्छ।

24विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।

25मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्, र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्।

26निर्दोष मानिसलाई दण्ड दिनु, वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन।

27समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।

28चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath