ईसाई धर्म
पछाडि

हितोपदेश 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।

2आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्।

3आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ।

4अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्।

5धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ।

6धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ।

7कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ।

8कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन।

9धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्‍टको बत्ती निभाइन्छ।

10अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्‍लाह लिनेहरूले बुद्धि पाइन्छ।

11बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।

12ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो।

13अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ।

14बुद्धिमान्‌को शिक्षा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।

15असल न्यायले निगाह प्राप्‍त गर्छ; तर विश्‍वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्‍याउँछ।

16हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ।

17दुष्‍ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्‍वासयोग्य दूतले चङ्गाइ ल्याउँछ।

18अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।

19पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ।

20बुद्धिमान्‌हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।

21पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो।

22असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ।

23गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ।

24आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।

25धर्मीले पेटभरि खान्छ; तर दुष्‍टको पेट भोकभोकै हुन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath