हितोपदेश 12
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो।
2असल मानिसहरूले याहवेहबाट निगाह प्राप्त गर्छन्, तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ।
3दुष्टताले कुनै मानिस स्थापित हुन सक्दैन, तर धर्मी जनलाई उखेल्न सकिनेछैन।
4चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
5धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; तर दुष्टका सल्लाह कपटपूर्ण हुन्छन्।
6दुष्टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ।
7दुष्टहरू पराजित हुन्छन् र लोप हुन्छन्; तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ।
8मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्।
9खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो।
10धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; तर दुष्ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ।
11आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्।
12दुष्टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ, तर धर्मी जनको जरा रहिरहन्छ।
13दुष्ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ।
14आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्चय नै पाउँछ।
15मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्लाह सुन्छ।
16मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।
17साँचो साक्षीले सत्य बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
18विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्को जिब्रोले निको पार्छ।
19सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
20खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ।
21धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्टहरू सङ्कष्टले भरिएका हुन्छन्।
22याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।
23विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ।
24परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्याउँछ।
25चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।
26धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्टको मार्गले तिनीहरूलाई बरालिदिन्छ।
27अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ।
28धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath