फिलिप्पी 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो।
2इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु।
3अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्।
4प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
5तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ।
6कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्।
7तब सबै समझभन्दा माथि रहेको परमेश्वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्ट येशूमा सुरक्षित राख्नेछ।
8अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर।
9जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
10प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ।
11म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन मैले सिकेको छु।
12म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहने रहस्य मैले सिकेको छु।
13उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
14मेरो कष्टमा सहभागी हुनु तिमीहरूको लागि असल हो।
15यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन।
16किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ।
17मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु।
18मैले पूरा मोल प्राप्त गरेको छु, र यो मेरो लागि पर्याप्त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्त गरेको छु। त्यो मिठो बास्नादार भेटी, परमेश्वरलाई ग्रहणयोग्य र प्रसन्न तुल्याउने बलिदान भएको छ।
19र मेरा परमेश्वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
20हाम्रा परमेश्वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
21ख्रीष्ट येशूमा परमेश्वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
22यहाँ भएका परमेश्वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
23प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath