ईसाई धर्म
पछाडि

गन्ती 7

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।

2त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।

3तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।

4याहवेहले मोशालाई भन्‍नुभयो,

5“ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”

6यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।

7गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए।

8अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।

9तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।

10जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।

11किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”

12पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।

13नहशोनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

14धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;

15होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए;

16पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

17र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। योचाहिँ अम्मीनादाबका छोरा नहशोनको भेटी थियो।

18दोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए।

19नथनिएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको छर्कने बाटा र थाल; त्यस बाटा र थाल दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

20धूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा;

21होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए;

22पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए;

23र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्।

24तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए।

25एलिआबको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

26धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;

27होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

28पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

29र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। हेलोनका छोरा एलिआबको भेटी यही थियो।

30चौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए।

31एलिसूरको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

32धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;

33होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;

34पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

35र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। शदेऊरका छोरा एलिसूरको भेटी यही थियो।

36पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए।

37शलूमीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

38धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

39होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

40पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

41र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। सूरीशद्दैका छोरा शलूमीएलले चढाएको भेटी यही थियो।

42छैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।

43एल्यासापको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

44धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

45होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

46पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

47र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। देउएलका छोरा एल्यासापले ल्याएको भेटी यही थियो।

48सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए।

49एलिशामाको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

50धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

51होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;

52पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

53र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो।

54आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।

55तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

56धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

57होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

58पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

59र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।

60नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।

61अबीदानको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

62धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

63होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

64पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

65र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। गिदोनीको छोरा अबीदानको भेटी यही थियो।

66दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए।

67अहीएजेरको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

68धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

69होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

70पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

71अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।

72एघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।

73पगीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

74धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा;

75होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

76पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

77र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।

78बाह्रौँ दिनमा नप्‍तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।

79अहीराको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएकाको थिए;

80धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;

81होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;

82पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;

83र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। एनानका छोरा अहीराको भेटी यही थियो।

84वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो: चाँदीका बाह्र वटा थालहरू, चाँदीका बाह्र वटा छर्कने बाटाहरू र सुनका बाह्र वटा कचौराहरू थिए।

85पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो।

86धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।

87होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्‍नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।

88मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए। वेदीको अभिषेक भएपछि त्यसको समर्पणताका निम्ति आएका भेटीहरू यिनै हुन्।

89जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath