ईसाई धर्म
पछाडि

गन्ती 33

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्।

2याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो:

3इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे।

4त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो।

5रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्‍कोतमा छाउनी हाले।

6सुक्‍कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले।

7तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।

8तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।

9तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले।

10तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले।

11लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले।

12सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले।

13दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले।

14आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।

15रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।

16तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले।

17तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले।

18तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले।

19तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले।

20तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले।

21तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले।

22तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले।

23तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे।

24तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले।

25तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले।

26तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले।

27तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले।

28तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले।

29तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले।

30तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले।

31तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले।

32तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले।

33तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले।

34तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले।

35तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले।

36तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले।

37तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले।

38याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।

39होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए।

40कनान देशको दक्षिणमा बस्‍ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने।

41तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले।

42तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले।

43तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले।

44तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले।

45तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले।

46तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले।

47तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले।

48तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले।

49त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले।

50यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो,

51“इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ,

52तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।

53त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु।

54त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू।

55“ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्‍न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्‍नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।

56अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath