गन्ती 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले मोशा र हारूनलाई भन्नुभयो:
2“इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।”
3पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्।
4उसको दलको संख्या 74,600 हुन्छ।
5इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्।
6उसको दलको संख्या 54,400 हुन्छ।
7जबूलूनका कुल इस्साखारको छेउमा बस्नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्।
8उसको दलको संख्या 57,400 हुन्छ।
9यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।
10दक्षिण दिशामा: रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्।
11उसको दलको संख्या 46,500 हुन्छ।
12तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्।
13उसको दलको संख्या 59,300 हुन्छ।
14त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्।
15तिनको दलको संख्या 45,650 हुन्छ।
16रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्।
17त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।
18पश्चिम दिशातिर: एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्।
19उसको दलको संख्या 40,500 हुन्छ।
20त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्।
21उसको दलको संख्या 32,200 हुन्छ।
22त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्।
23उसको दलको संख्या 35,400 हुन्छ।
24एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्।
25उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्।
26उसको दलको संख्या 62,700 हुन्छ।
27त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्।
28उसको दलको संख्या 41,500 हुन्छ।
29त्यसपछि नाप्ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्तालीका मानिसहरूका अगुवा होस्।
30उसको दलको संख्या 53,400 हुन्छ।
31दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्।
32यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो।
33याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्।
34यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath