गन्ती 24
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्न हुनुहुन्छ भन्ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।
2जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्वरका आत्मा बालाममाथि आउनुभयो।
3अनि तिनले आफ्नो सन्देश भन्न थाले: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी जसको आँखाले स्पष्ट गरी देख्छ;
4उसको अगमवाणी, जसले परमेश्वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्ला रहन्छन्:
5“हे याकोब, तेरा पालहरू, हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्!
6“टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ।
7तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्च पारिनेछ।
8“परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।
9तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”
10त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीनपल्ट आशिष् दिनुभयो।
11अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।”
12बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,
13‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्नुभएको कुरा मात्र भन्नुपर्छ भनेर भनेको थिइनँ र?’
14अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”
15तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्ट गरी देख्छ;
16उसको अगमवाणी, जसले परमेश्वरले भन्नुभएको वचन सुन्छ, जससँग सर्वशक्तिमान् परमेश्वरको ज्ञान छ; जसले सर्वोच्चबाट दर्शन देख्छ: जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्ला रहन्छन्:
17“म उहाँलाई देख्छु, तर अहिले होइन; म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकोबबाट एउटा तारा निस्कनेछ; इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। अनि त्यसले मोआबका निधारहरू र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ।
18एदोम पराजित हुनेछ; त्यसको शत्रु सेइर पराजित हुनेछ। तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ।
19याकोबबाट एउटा शासक निस्कनेछ। अनि त्यसले सहरका बाँचेकाहरूलाई नाश गर्नेछ।”
20तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: “अमालेक राष्ट्रहरूमा पहिलो थियो, तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।”
21तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने: “तेरो बस्ने स्थान सुरक्षित छ; तेरो गुँड चट्टानमा बसालिएको छ;
22तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन् तिमी केनीहरू नष्ट हुनेछौ।”
23तब बालामले सन्देश गरे: “हाय! परमेश्वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ?
24जहाजहरू कित्तीम किनारबाट आउनेछन्; तिनीहरूले अश्शूर र एबेरलाई दमन गर्नेछन्। तर तिनीहरू पनि नष्ट हुनेछन्।”
25त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath