गन्ती 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्नुभयो,
2“सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्।
3तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ।
4हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।”
5तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर;
6शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल;
7यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन;
8इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल;
9जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब;
10योसेफका छोराहरूबाट: अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल;
11बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान;
12दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर;
13आशेरको कुलबाट ओक्रानको छोरा पगीएल;
14गादको कुलबाट देउएलको छोरो एल्यासाप;
15नप्तालीको कुलबाट एनानको छोरा अहीरा।”
16यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए।
17माथि नाम उल्लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;
18र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए।
19याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे:
20इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो।
21रूबेनको कुलको संख्या 46,500 थियो।
22शिमियोनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
23शिमियोन कुलको संख्या 59,300 थियो।
24गादको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
25गाद कुलको संख्या 45,650 थियो।
26यहूदाको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
27यहूदा कुलको संख्या 74,600 थियो।
28इस्साखारको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
29इस्साखारको कुलको संख्या 74,600 थियो।
30जबूलूनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
31जबूलून कुलको संख्या 57,400 थियो।
32योसेफका छोराहरूबाट: एफ्राइमका कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
33एफ्राइम कुलको 40,500 थियो।
34मनश्शेको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
35मनश्शे कुलको संख्या 32,200 थियो।
36बेन्यामीनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
37बेन्यामीन कुलको संख्या 35,400 थियो।
38दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
39दान कुलको संख्या 62,700 थियो।
40आशेरको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
41आशेर कुलको संख्या 41,500 थियो।
42नप्तालीको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
43नप्ताली कुलको संख्या 53,400 थियो।
44मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए।
45बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो।
46तिनीहरूका जम्मा संख्या 6,03,550 थियो।
47लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन।
48याहवेहले मोशालाई भन्नुभएको थियो:
49“तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू।
50त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्।
51जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ।
52इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्।
53तर लेवीहरूले चाहिँ इस्राएली समुदायमाथि मेरो क्रोध नपरोस् भनेर समागम पालको साक्षी पाटीको वरिपरि आफ्ना पालहरू खडा गरून्। लेवीहरूचाहिँ समागम पालको साक्षी पाटीको हेरचाहका लागि जिम्मेवार रहनेछन्।”
54इस्राएलीहरूले यी सबै कुराहरू याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath