गन्ती 12
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1मोशाले एउटी कूशी स्त्रीसित विवाह गरेको कारण त्यस कूशी स्त्रीको बारेमा मिरियम र हारूनले मोशाको विरुद्धमा बोल्न थाले।
2तिनीहरूले भने, “के याहवेह मोशाद्वारा मात्र बोल्नुभएको छ र? के उहाँ हामीद्वारा पनि बोल्नुभएको छैन र?” अनि याहवेहले यो कुरा सुन्नुभयो।
3(मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।)
4याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए।
5त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए,
6तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो वचन सुन: “यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने, म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ; अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।
7तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्वासयोग्य छ।
8त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्कामा होइन। तर स्पष्ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?”
9याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो।
10जब पालमाथिबाट बादल हट्यो, तब मिरियमलाई कुष्ठरोग लागेर तिनको छाला हिउँजस्तै सेतो भयो। हारून तिनीतर्फ फर्के, र तिनलाई छालाको रोग भएको देखे।
11अनि हारूनले मोशासँग पुकार गरे, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पापको सजाय हामीलाई नदिनुहोस्।
12यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।”
13यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!”
14याहवेहले मोशालाई जवाफ दिनुभयो, “त्यसका पिताले त्यसको मुखमा थुकिदिएको मात्र भए के त्यो सात दिनसम्म कलङ्कित हुने थिइन? त्यसलाई सात दिनसम्म पालबाहिर राख्नू। त्यसपछि त्यसलाई फर्काएर ल्याउनू।”
15यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्।
16त्यसपछि मानिसहरूले हसेरोतलाई छोडे। अनि पारानको मरुभूमिमा छाउनी हालेर बसे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath