ईसाई धर्म
पछाडि

नहेम्याह 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अब मानिसहरू र तिनीहरूका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूको विरोधका आवाज उठाउन थाले।

2केही मानिसहरूले यसो भन्दैथिए, “हामी र हाम्रा छोराछोरीहरू ठूलो संख्यामा छौँ; यसकारण हामीलाई खान र बाँच्नको निम्ति, जसरी भए पनि, अन्‍न चाहिन्छ।”

3अरू केही मानिसहरूले चाहिँ यसो भन्दैथिए, “हामी अनिकालको समयमा अन्‍न पाऔँ भनेर आफ्ना खेतबारीहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौँ।”

4अनि अरू मानिसहरूले यसो भन्दैथिए, “हामीले आफ्ना खेतबारी र दाखबारीहरूका निम्ति कर तिर्नलाई रकम ऋण लिएका छौँ।

5हामी आफ्ना दाजुभाइहरूकै मासु र रगत भए तापनि हाम्रा सन्तान तिनीहरूका झैँ असल भए तापनि हामीले आफ्ना छोराछोरीहरू तिनीहरूका अधीनमा कमारा-कमारी तुल्यानलाई दिनुपरेको छ। हाम्रा कोही-कोही छोरीहरू त पहिल्यै कमारी भइसकेका छन्। तर हामी असहाय छौँ, किनकि हाम्रा खेतबारीहरू र हाम्रा दाखबारीहरू अरूहरूका भइसकेका छन्।”

6जब मैले तिनीहरूका रोदन र यी अभियोगहरू सुनेँ, तब मलाई साह्रै रिस उठ्यो।

7मैले तिनीहरूलाई मनमा सम्झेँ। त्यसपछि अगुवाहरू र अधिकारीहरूलाई दोषी ठहराएँ। मैले तिनीहरूलाई भनेँ, “तिमीहरूले आफ्नै दाजुभाइहरूबाट ब्याज लिँदैछौ!” यसकारण तिनीहरूसँग सम्झौता गर्न मैले एउटा ठूलो सभा राखेँ।

8अनि मैले तिनीहरूलाई भनेँ: “सम्भव भएसम्म हामीले अरू जातिहरूकहाँ बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरेर छुटाएका छौँ। अब तिमीहरूले के आफ्ना दाजुभाइहरूलाई बेच्छौ त? वा तिनीहरू फेरि हामीहरूकहाँ नै बिक्री गरिऊन् त?” तब तिनीहरू चुपचाप बसे; किनकि तिनीहरूसँग जवाफ दिनको लागि केही थिएन।

9यसकारण मैले भन्दै गएँ, “तिमीहरूले जे गरिरहेका छौ, सो ठिक छैन। हाम्रा गैरयहूदी शत्रुहरूको निन्दाबाट बच्नको लागि के तिमीहरू परमेश्‍वरको डर मानेर चल्नुपर्ने थिएन र?

10यसरी म, मेरा दाजुभाइहरू र मेरा मानिसहरूले पनि तिनीहरूलाई रकम र अन्‍न उधारो दिन्छौँ। तर यस्तो ब्याज लिने कामचाहिँ बन्द गरौँ!

11तिनीहरूलाई तिनीहरूका खेतहरू, दाखबारीहरू, जैतुनबारीहरू र घरहरू साथै तिमीहरूले तिनीहरूबाट लिएका रकम, अन्‍न, दाखमद्य र तेलको सयौँ भाग ब्याज तुरुन्तै फर्काइदेऊ।”

12तिनीहरूले भने, “हजुर, हामी त्यो फर्काइदिनेछौँ। अनि हामी तिनीहरूबाट अरू केही कुरा माग गर्नेछैनौँ। तपाईंले भन्‍नुभएजस्तै हामी गर्नेछौँ।” तब मैले पुजारीहरूलाई बोलाइपठाएँ; अनि अगुवाहरू र अधिकारीहरूलाई तिनीहरूले जे गर्नेछौँ भनी भनेका थिए, त्यसको शपथ खान लगाएँ।

13मैले आफ्ना वस्त्रको छेउको मोडिएको भाग टकटकाएर भनेँ, “यसरी नै यस प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई त्यसको घर र सम्पत्तिबाट परमेश्‍वरले टकटक्याइ दिनुहुनेछ। यसरी नै यस्तो मानिस टकटक्याइएको होस् र रित्तो पारिएको होस्!” यस कुरामा सारा समुदायले भने, “आमेन,” अनि याहवेहको प्रशंसा गरे। तब मानिसहरूले आफूले प्रतिज्ञा गरेझैँ गरे।

14यसबाहेक, राजा अर्तसास्तको शासनकालको बीसौँ वर्षमा म यहूदामा तिनीहरूको राज्यपाल नियुक्त भएदेखि उहाँको बत्तीसौँ वर्ष, अर्थात् बाह्र वर्षसम्म अधिकृत भएर सेवा गर्दा, न त मैले, न त मेरा दाजुभाइहरूले राज्यपालको निम्ति दिइने भोजन खायौँ।

15तर मभन्दा पहिलेका राज्यपालहरूले मानिसहरूमाथि ठूलो बोझ लगाएका थिए। अनि भोजन र दाखमद्यको साथमा तिनीहरूबाट चार सय शेकेल चाँदी लिए। तिनीहरूका सहायकहरूले पनि मानिसहरूमाथि अधिकार जमाए। तर परमेश्‍वरप्रतिको डरको कारणले गर्दा मैले त्यसो गरिनँ।

16त्यसको सट्टा मैले आफूलाई यस पर्खालको काममा लगाइरहेँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए; हामीले कुनै पनि जग्गाजमिन किनेनौँ।

17यसबाहेक, मसँग मेरो टेबुलमा एक सय पचास जना यहूदीहरू र अधिकृतहरूले अनि वरिपरिका देशहरूबाट आउने मानिसहरूले खाने गर्थे।

18प्रत्येक दिन मेरा निम्ति एउटा गोरु, छ वटा असल भेडाहरू र केही कुखुराहरू तयार गरिन्थे। प्रत्येक दश दिनमा सबै प्रकारका दाखमद्यहरू प्रशस्त मात्रामा जुटाइन्थ्यो। यी सबै कुरा हुँदा पनि मैले राज्यपालका निम्ति तोकिएको भोजन कहिल्यै मागिनँ; किनकि यी मानिसहरूमा ठूलो भार परेको थियो।

19हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूका निम्ति गरेका सबै भलाइका कामको निम्ति मलाई अनुग्रह सहित सम्झना गर्नुहोस्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath