ईसाई धर्म
पछाडि

नहेम्याह 1

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1हकल्याहका छोरा नहेम्याहका वचनहरू: अर्तसास्त राजाको शासनको बीसौँ वर्षको किसलेव महिनामा जब म फारसको राजधानी शूशनको सहरमा थिएँ,

2तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ।

3तिनीहरूले मलाई भने, “कैदबाट बाँचेर निर्वासनबाट फर्कनेहरू अति कष्‍टमा र अपहेलनामा परेका छन्। यरूशलेमको पर्खाल भत्काइएको छ, र त्यसका ढोकाहरू आगोद्वारा जलाएर भस्म पारिएका छन्।”

4जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्‍वरसँग प्रार्थना गरेँ।

5तब मैले भनेँ: “हे याहवेह, स्वर्गका परमेश्‍वर, महान् र भययोग्य परमेश्‍वर, तपाईंले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञापालन गर्नेहरूप्रति आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ।

6इस्राएलका मानिस तपाईंका सेवकहरूका निम्ति तपाईंको अगि तपाईंको सेवकले दिनरात चढाइरहेको प्रार्थना ध्यानसँग सुन्‍नलाई तपाईंका कानहरूले ध्यान देऊन् र हेर्नलाई आँखा खुला रहून्। हामी सबै इस्राएलीहरूले पाप गरेका छौँ, साथै म र मेरा पिताका घरानाले तपाईंको विरुद्धमा गरेका पापहरू स्वीकार गर्दछु।

7हामीले तपाईंको विरुद्धमा अति दुष्‍ट काम गरेका छौँ। तपाईंले तपाईंको सेवक मोशालाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू हामीले पालन गरेका छैनौँ।

8“तपाईंले आफ्नो सेवक मोशालाई यसो भनेर दिनुभएका वचनहरू सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पारिदिनेछु।

9तर यदि तिमीहरू मकहाँ फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूका कैदमा लगिएका मानिसहरू पृथ्वीको पल्‍लो छेउमा भए तापनि म तिनीहरूलाई त्यहाँबाट बटुल्नेछु। अनि तिनीहरूलाई मैले आफ्नो नामको खातिर मेरो वासस्थान हुनलाई चुनेको ठाउँ यरूशलेममा ल्याउनेछु।’

10“तिनीहरू तपाईंका सेवक र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र सामर्थी हातले उद्धार गर्नुभयो।

11हे प्रभु, तपाईंको कान तपाईंको यस सेवकको प्रार्थना र तपाईंको नामको डर मान्‍नलाई खुशी हुने तपाईंका सेवकहरूका प्रार्थनाप्रति ध्यान केन्द्रित रहून्। राजाको उपस्थितिमा निगाह प्राप्‍त गर्न दिएर तपाईंको सेवकलाई सफलता दिनुहोस्।” म राजालाई दाखमद्य टक्राउने अधिकृत थिएँ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath