नहेम्याह 11
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब मानिसहरूका अगुवाहरूचाहिँ यरूशलेममा बसोबास गरे। बाँकी रहेका मानिसहरूले पवित्र सहर यरूशलेममा दश जनामध्ये एक जना बास बस्ने र बाँकी रहेका नौ जनाचाहिँ तिनीहरूका आफ्नै सहरहरूमा बास बस्ने विषयमा चिट्ठा हाले।
2यरूशलेममा बास बस्न इच्छा गर्नेहरू सबैलाई मानिसहरूले प्रशंसा गरे।
3यिनीहरू प्रदेशका अगुवाहरू थिए, जो यरूशलेममा बसोबास गर्थे। (अब केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका कर्मचारीहरू र सोलोमनका चाकरहरूका सन्तानहरू यहूदामा विभिन्न सहरहरूमा आफ्नै सम्पत्ति लिएर बसेका थिए।
4तर यहूदा र बेन्यामीन दुवै कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसोबास गरेका थिए।) यहूदाका सन्तानहरूबाट: पेरेसको वंशका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महाललेलका छोरा थिए।
5मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो यहोयारीबका छोरा, जो जकरिया छोरा, जो शेलहका छोरा थिए।
6यरूशलेममा बस्ने पेरेसका सबै चार सय अठसट्ठी मानिसहरू वीर योद्धा थिए।
7बेन्यामीनका सन्तानहरूबाट: सल्लू मशुल्लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इतीएलका छोरा, जो यशयाहका छोरा थिए।
8अनि सल्लूको पछि लाग्नेहरू गब्बै र सल्लैसहित नौ सय अट्ठाइस मानिसहरू थिए।
9जिक्रीका छोरा योएल तिनीहरूका प्रमुख अधिकृत थिए। हस्सेनूअका छोरा यहूदाचाहिँ सहरको दोस्रो प्रमुख अगुवा थिए।
10पुजारीहरूबाट: यदायाह, यहोयारीबका छोरा, र याकीन;
11सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्वरको भवनको रेखदेख गर्थे।
12तिनीहरूका आठ सय बाइस जना सहयोगीहरू, जसले मन्दिरको निम्ति सेवा गर्थे। अदायाह यरोहामका छोरा, जो पलल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए।
13अदायाहका दुई सय बयालीस जना सहयोगीहरू, जो परिवारका अगुवाहरू थिए। अमाश्शै, जो अजरेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए।
14तिनीहरूका एक सय अट्ठाइस साहसी सहयोगीहरू थिए। तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलिमका छोरा जब्दीएल थिए।
15लेवीहरूबाट: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए।
16शब्बतै र योजाबाद, लेवीहरूका दुई जना अगुवा थिए, जसले परमेश्वरको भवनमा बाहिरी कामको जिम्मा पाएका थिए।
17धन्यवाद र प्रार्थनाको अगुवाइ गर्ने निर्देशक, मीकाका छोरा मत्तन्याह, जो जब्दीका छोरा, जो आसापका छोरा थिए; मत्तन्याहका सहयोगीहरूमा दोस्रो बक्बुक्याह; अनि शम्मूअका छोरा अब्दा, जो गलालका छोरा, जो यदूतूनका छोरा थिए।
18पवित्र सहरमा भएका लेवीहरूको जम्मा संख्या दुई सय चौरासी थियो।
19द्वारपालहरू: अक्कूब, तल्मोन र मूलढोकामा पहरा दिने तिनीहरूका एक सय बहत्तर जना सहयोगीहरू, जसले ढोकाको पहरेदार गर्थे।
20बाँकी रहेका इस्राएलीहरू, पुजारीहरू र लेवीहरूसित आ-आफ्ना पैतृक सम्पत्तिको जमिन यहूदाका सबै सहरहरूमा बसोबास गर्थे।
21मन्दिरका कर्मचारीहरू ओपेल डाँडामा बस्थे; अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।
22यरूशलेमका लेवीहरूका मुख्य अधिकृत बानीका छोरा उज्जी, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकाका छोरा थिए। उज्जीचाहिँ परमेश्वरको भवनको सेवाको जिम्मावाल रहेका आसापका सङ्गीतकार सन्तानहरूमध्ये एक थिए।
23सङ्गीतकारहरू राजाको आदेशमुनि थिए। राजाको आदेशले तिनीहरूका दैनिक कामको निर्देशन गर्दथ्यो।
24यहूदाका छोरा जेरहका सन्तानहरूमध्ये एक जना मशेजबेलका छोरा पतहयाह, सारा मानिसहरू सम्बन्धी सबै मामिलाहरूमा राजाका एक विशेष प्रतिनिधि थिए।
25गाउँहरूमा तिनीहरूका खेतबारीहरू सहित, यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका बस्तीहरू, दीबोन र त्यसका वरिपरिका बस्तीहरू, यक्कब्सेल र त्यसका गाउँहरू,
26येशूआमा, मोलादामा, बेथ-पेलेतमा;
27हसर-शूआल, बेर्शेबा र त्यसका बस्तीहरूमा;
28सिक्लगमा, मकोना र त्यसका बस्तीहरूमा,
29एन-रिम्मोनमा, सोराहमा, यर्मूतमा,
30जानोह, अदुल्लाम र तिनीहरूका गाउँहरूमा, लाकीश र त्यसका खेतहरूमा, र अजेका र त्यसका बस्तीहरूमा, यसरी तिनीहरू टाढामा रहेको बेर्शेबादेखि हिन्नोमको बेँसीसम्म बसेका थिए।
31बेन्यामीनका सन्तानहरू गेबादेखि यी ठाउँहरूमा बस्थेः मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरूमा,
32अनातोत, नोब र अनन्याहमा,
33हासोर, रामा र गित्तैममा,
34हादीद, सबोयीम र नबल्लतमा,
35लोद, ओनो र सिल्पकारहरूको बेँसी गे-हाराशिममा बसे।
36यहूदाका लेवीहरूका केही दलहरूचाहिँ बेन्यामीनमा बसोबास गरे।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath