नहेम्याह 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1करार-पत्रमा सहीछाप लगाउनेहरूको नाम यस प्रकार थियो: हकल्याहका छोरा राज्यपाल नहेम्याह। सिदकियाह,
2सरायाह, अजर्याह, यर्मिया,
3पशहूर, अमर्याह, मल्कियाह,
4हत्तूश, शबन्याह, मल्लूक,
5हारीम, मरेमोत, ओबदियाह,
6दानिएल, गिन्नतोन, बारूक,
7मशुल्लाम, अबीयाह, मिय्यामीन,
8माज्याह, बिल्गै र शमायाह। यी सबै पुजारी थिए।
9लेवीहरूमा: अजन्याहका छोरा येशूआ, हेनादादका परिवारका बिन्नूई, कदमिएल,
10तिनीहरूका सहकर्मीहरू: शबन्याह, होदिय्याह, कलीता, पलायाह, हानान,
11मीका, रहोब, हशब्याह,
12जक्कूर, शेरेबियाह, शबन्याह,
13होदिय्याह, बानी र बनीनू।
14मानिसका अगुवाहरू यिनै थिए: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी,
15बुन्नी, अज्गाद, बेबै,
16अदोनियाह, बिग्वै, आदीन,
17आतेर, हिजकिया, अज्जूर,
18होदिय्याह, हाशूम, बेजै,
19हारीप, अनातोत, नेबै,
20मग्पीआश, मशुल्लाम, हेजीर,
21मशेजबेल, सादोक, यद्दूआ,
22पलत्याह, हानान, अनायाह,
23होशे, हनन्याह, हश्शूब,
24हल्लोहेश, पिल्हा, शोबेक,
25रेहूम, हशब्ना, मासेयाह,
26अहीयाह, हानान, आनान,
27मल्लूक, हारीम र बानाह।
28“बाँकी रहेका मानिसहरू—पुजारीहरू, लेवीहरू, द्वारपालहरू, सङ्गीतकारहरू, मन्दिरका कर्मचारीहरू परमेश्वरको व्यवस्थाका निम्ति तिनीहरूका पत्नीहरू र बुझ्न सक्ने सबै छोराछोरीहरूसँग छिमेकी र अरू जातिहरूबाट आफूलाई अलग राखे।
29अब परमेश्वरका सेवक मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्था पालन गर्न र याहवेह हाम्रा परमेश्वरका सबै आज्ञाहरू, नियमहरू र आदेशहरू होसियारीसाथ पालन गर्नलाई आफ्ना अगुवा इस्राएली दाजुभाइहरूसित मिले। अनि तिनीहरूले आफूलाई श्राप-दण्डको भागीदार र व्यवस्था पालन गर्नलाई शपथ खाए।
30“हामी आफ्ना छोरीहरूलाई हाम्रा चारैतिर भएका विदेशी मानिसहरूसँग विवाह गर्न दिनेछैनौँ, र तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका निम्ति लिनेछैनौँ भनी हामी प्रतिज्ञा गर्छौँ।
31“जब छिमेकी मानिसहरूले व्यापारका मालसामानहरू अथवा अन्न शब्बाथमा बेच्न ल्याउँछन्, तब हामी तिनीहरूबाट शब्बाथ अथवा अरू कुनै पवित्र दिनमा किनमेल गर्नेछैनौँ। प्रत्येक सातौँ वर्षमा हामी जमिन खनजोत गर्नेछैनौँ र सबै ऋणहरू माफी गरिदिनेछौँ।
32“प्रत्येक वर्ष हाम्रा परमेश्वरको भवनको कामको लागि एक तिहाइ शेकेल चाँदी दिनुपर्ने आज्ञालाई मान्नुपर्ने उत्तरदायित्व पालन गर्नेछौँ:
33टेबुलमा राखिने रोटीको निम्ति; नियमित अन्नबलि र होमबलिको निम्ति; शब्बाथ दिनहरूमा भेटीको निम्ति, औँसीका चाडहरूमा र तोकिएका चाडहरूका निम्ति; पवित्र भेटीहरूको निम्ति; इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलिको निम्ति; अनि हाम्रा परमेश्वरको भवनका सबै सेवाहरूका निम्ति उत्तरदायित्व पालन गर्नेछौँ।
34“हामी पुजारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार, तोकिएका समयहरूमा प्रतिवर्ष हाम्रो प्रत्येक परिवारले याहवेह हाम्रा परमेश्वरको वेदीमा जलाउने काठ कहिले ल्याउनुपर्ने भनी जान्नलाई चिट्ठा हालेका छौँ।
35“हामी प्रतिवर्ष याहवेहको भवनमा आफ्ना पहिलो फलबाट अन्न र फलेका प्रत्येक रूखबाट पहिलो फल ल्याउने जिम्मेवारी पनि लिन्छौँ।
36“व्यवस्थामा लेखिएअनुसार, हाम्रा छोराहरूबाट, हाम्रा गाईबस्तुहरूबाट, हाम्रा बथानबाट र हाम्रा बगालबाट पहिले जन्मिएका जेठाहरूलाई पनि हामी परमेश्वरको भवनमा सेवा गरिरहेका पुजारीहरूकहाँ ल्याउनेछौँ।”
37यसबाहेक हामी हाम्रा परमेश्वरको भवनको भण्डारमा पुजारीहरूकहाँ आफ्नो जमिनको पहिलो अन्न तयार गरी मुछेको पिठो, हाम्रा अन्नबलि, हाम्रा सबै रूखका पहिलो फलहरू र हाम्रा नयाँ दाखमद्य र नयाँ जैतुन तेलको पहिलो भाग ल्याउनेछौँ। अनि हामीले काम गर्ने सबै सहरहरूमा लेवीहरूले नै दशांश बटुल्ने हुनाले हामी आफ्नो जमिनको दशांश लेवीहरूकहाँ ल्याउनेछौँ।
38लेवीहरूले दशांश लिँदा तिनीहरूसित हारूनवंशी एक जना पुजारी हुनुपर्छ, र लेवीहरूले दशांशको दशौँ भाग हाम्रा परमेश्वरको भवनको भण्डारमा ल्याउनुपर्नेछ।
39इस्राएलका मानिसहरू, लेवीहरूले समेत तिनीहरूका अन्न, नयाँ दाखमद्य र जैतुन तेलको भाग भण्डारहरूमा ल्याउनुपर्छ, जहाँ पवित्रस्थानका सामानहरू राखिन्छन् र जहाँ सेवा गर्ने पुजारीहरू, द्वारपालहरू र सङ्गीतकारहरू बस्छन्। “हामी हाम्रा परमेश्वरको भवनलाई अवहेलना गर्नेछैनौँ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath