नहूम 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1हे निनवे, तेरो विरुद्धमा एक जना आक्रमणकारी आउँदैछ। किल्लाको रक्षा गर्, बाटोमा पहरा दे, आफ्नो कम्मर कस्, र आफ्नो पूरा शक्ति लगाएर लडाइँको तयारी गर्!
2याहवेहले याकोबको वैभवलाई इस्राएलको वैभवलाई झैँ पुनर्स्थापित गर्नुहुनेछ। यद्यपि विनाशकारीहरूले तिनीहरूलाई उजाड पारेका छन्, र दाखका हाँगाहरूलाई नष्ट गरिदिएका छन्।
3त्यसका सेनाहरूका ढालहरू राता-राता छन्; त्यसका वीर योद्धाहरूले रातो रङ्गका पोशाकहरू पहिरेका छन्। लडाइँको तयारीको दिनमा रथका धातुहरू चम्कन्छन्; देवदारुको काठका भालाहरू नचाउँछन्।
4त्यसका रथहरू सडकहरूमा वेगसँग दौडिन्छन्; ती चोकको बीचबाट यता र उता दौडिरहन्छन्। तिनीहरू बलिरहेको राँकोजस्तै देखिन्छन्; तिनीहरू बिजुली चम्केझैँ वेगले दौडन्छन्।
5निनवेले आफ्ना चुनिएका सेनाहरूलाई बोलाउँछ, तर पनि तिनीहरू आफ्नो बाटोमा ठक्कर खाएर लड्छन्। तिनीहरू सहरका पर्खालतिर ठोकिन्छन्; रक्षा गर्ने ढाल ठिक ठाउँमा राखिन्छ।
6नदीका मूलढोकाहरू खोलिन्छन्, र राजदरबार ढल्छ।
7यस्तो फैसला भएको छ, त्यो निनवेलाई कैद गरी लगिनेछ। त्यसका सेविकाहरू ढुकुरहरूझैँ विलाप गर्छन्, र आ-आफ्ना छाती पिट्छन्।
8निनवे एउटा पोखरीजस्तै छ, जसको पानी सुकेर गइरहेको छ। “पर्ख! पर्ख!” भन्दै तिनीहरू कराउँछन्, तर कोही पनि पछि फर्केर हेर्दैनन्।
9चाँदी लुट! सुन लुट! त्यसका सबै प्रकारका बहुमूल्य खजानाहरूले, त्यसको भण्डार असीमित छ!
10त्यो उजाड भएकी छे, लुटिएकी छे, निर्वस्त्र पारिएकी छे! अनि हृदयहरू पग्लन्छन्, घुँडाहरू काँप्दछन्, शरीरहरू काँप्छन् र प्रत्येक अनुहार डरले पहेँलो हुन्छन्।
11अहिले सिंहको गुफा कहाँ छ, जहाँ सिंह र सिंहनीले आफ्ना डमरुहरूलाई खुवाउँथे, जहाँ सिंह, सिंहनी, र डमरुहरू समेत नडराई हिँड्दथे।
12जहाँ सिंहले आफ्ना डमरुहरूका निम्ति प्रशस्त शिकार गर्थ्यो, र सिंहनीको निम्ति शिकारको घाँटी निमोठ्थ्यो; त्यसले आफ्ना गुफाहरू शिकार गरेका पशुहरूले र आफ्ना ओडारहरू शिकारहरूको मासुले भरिराख्थ्यो।
13“हेर्, म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “म तेरा रथहरू जलाएर धुवाँमा उडाइदिनेछु, अनि तरवारले तेरा जवान सिंहहरूलाई खाइदिनेछ। मैले तेरो निम्ति पृथ्वीमा केही पनि शिकार छोड्नेछैन। तेरा राजदूतहरूको सोर अब उसो सुनिनेछैन।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath