मर्कूस 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य शक्तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
2छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो।
3उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो।
4अनि त्यहाँ तिनीहरूका सामु एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए।
5पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।”
6तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्ने हो, सो तिनले जानेनन्।
7तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!”
8झट्टै जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्।
9उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, तब येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुराहरू, मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो।
10तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे।
11अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”
12येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको?
13तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”
14जब उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आउनुभयो, तब उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरूले बहस गरिरहेका देख्नुभयो।
15सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्चर्यचकित भए, र उहाँलाई अभिवादन गर्न दगुरे।
16उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”
17तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ।
18जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
19येशूले जवाफ दिनुभयो, “ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”
20यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
21येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?” तिनले जवाफ दिए, “सानैदेखि।
22त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।”
23येशूले भन्नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।”
24तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”
25जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।”
26तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले “त्यो त मरेछ” भन्ठाने।
27तर येशूले त्यसको हात समातेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, र त्यो ठिङ्ग उभियो।
28येशू भित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”
29उहाँले जवाफ दिनुभयो, “यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।”
30उहाँहरू त्यो ठाउँ छोडेर गालील भएर जानुभयो। यो कुरा कसैले पनि थाहा नपाओस् भन्ने उहाँले चाहनुहुन्थ्यो।
31किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई पक्रेर मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्; र तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
32तर यसको अर्थ के हो, सो तिनीहरूले बुझ्न सकेनन्, र त्यस विषयमा उहाँलाई सोध्न डराए।
33उहाँहरू कफर्नहुममा आउनुभयो। उहाँ घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू बाटोमा के विषयमा वाद-विवाद गर्दैथियौ?”
34तर तिनीहरू चुप रहे; किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए।
35येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।”
36तब उहाँले एउटा सानो बालकलाई लिएर त्यसलाई तिनीहरूका बीचमा उभ्याउनुभयो। अनि त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो,
37“जसले यस्ता साना बालकहरूलाई मेरो नाममा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
38यूहन्नाले भने, “हे गुरु, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू धपाइरहेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ; किनकि ऊ हाम्रो समूहको थिएन।”
39येशूले भन्नुभयो, “त्यसलाई नरोक। मेरो नाममा शक्तिशाली काम गर्नेहरू कसैले पनि तुरुन्तै मेरो विषयमा केही खराब कुरा भन्न सक्दैन।
40किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।
41म तिमीहरूलाई साँच्चै भन्दछु, कसैले तिमीहरू ख्रीष्टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।
42“यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
43यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओे। दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा, बरु हातविहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
44नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’
45यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुवै खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टाविहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
46नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’
47यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
48नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’
49हरेकलाई नुनमा हालेझैँ आगोमा हालिनेछ।
50“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath