मीका 2
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तिनीहरूलाई धिक्कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्ट काम पूरा गर्ने सामर्थ्य छ।
2तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्।
3यसकारण याहवेह भन्नुहुन्छ: “म यी मानिसहरूका विरुद्धमा सर्वनाशको योजना बनाउँदैछु, जसबाट तिमीहरू बच्न सक्नेछैनौ। अब उसो तिमीहरू घमण्डी भएर हिँड्नेछैनौ; किनकि यो एउटा विपत्तिको समय हुनेछ।
4त्यस दिन मानिसहरूले तिमीहरूको खिल्ली उडाउनेछन्; तिनीहरूले तिमीहरूलाई यो विलापको गीत गाएर गिल्ला गर्नेछन्: ‘हामी पूर्ण रूपले सर्वनाश भयौँ; मेरा मानिसहरूको पैतृक सम्पत्ति बाँडिएको छ। उहाँले यो सम्पत्ति मबाट खोस्नुहुन्छ! उहाँले हाम्रा खेतहरू देशद्रोहीहरूलाई दिनुहुन्छ।’ ”
5यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन।
6तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।”
7हे याकोबको घराना, तिमीहरूले यसो भन्नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्?
8तर अहिले मेरा आफ्नै मानिसहरू शत्रुझैँ खडा भएका छन्। तिमीहरू युद्धबाट फर्किरहेका मानिसहरूले जस्तै निर्धक्क भएर बाटो हिँडिरहेकाहरूबाट तिनीहरूका मूल्यवान् खास्टाहरू खोसेर लैजान्छौ।
9तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ।
10उठ, गइहाल! किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; यो अशुद्ध भएको कारण यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ।
11यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ!
12“हे याकोब, म निश्चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ।
13जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath