मत्ती 7
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ।
2किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
3“तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ?
4जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ?
5ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।
6“जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्।
7“माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
8किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
9“तिमीहरूमध्ये त्यो को होला, जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला?
10अथवा माछा माग्यो भने उसलाई सर्प देला?
11यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ।
12यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो।
13“साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्।
14तर जीवनमा पुर्याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्।
15“झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।
16तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?
17यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ।
18असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन।
19असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।
20यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।
21“मलाई ‘प्रभु, प्रभु,’ भन्नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ।
22त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’
23तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’
24“यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
25अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो।
26तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो।
27अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”
28येशूले यी कुरा भनिसक्नुभएपछि भीडहरू उहाँको शिक्षामा छक्क परे।
29किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath