मत्ती 6
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“होसियार रहो, मानिसहरूलाई देखाउनका लागि तिनीहरूका सामु तिमीहरूका धर्मकार्यहरू नगर। त्यसो गर्यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै इनाम पाउनेछैनौ।
2“यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघर र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैँ तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्नो इनाम पूरा पाइसकेका छन्।
3जब तिमीले खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्।
4अनि तिम्रो दान गुप्तमा होस्; ताकि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
5“अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ; किनकि तिनीहरू अरू मानिसहरूले देखून् भनेर सभाघर र सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना प्रतिफल पाइसकेका छन्।
6तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्लमखुल्ला प्रतिफल दिनुहुनेछ।
7अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्।
8तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्ने कुरा तिमीहरूका पिताले जान्नुहुन्छ।
9“तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्।
10तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्।
11आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
12हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ।
13हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
14किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ।
15तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।
16“जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्।
17तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ।
18अनि तिमीहरू उपवास बसेका छौ भन्ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।
19“आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ।
20तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन।
21किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
22“शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा स्वस्थ छ भने तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले पूर्ण हुन्छ।
23तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला!
24“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।
25“त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
26आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?
27के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छौ र?
28“अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्,
29तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
30यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र?
31यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर।
32किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ।
33तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
34यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्ट आजको निम्ति पर्याप्त छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath