मत्ती 5
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए।
2अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: धन्यका वचनहरू उहाँले भन्नुभयो:
3“आत्मामा दीन हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
4शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
5नम्र हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
6धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने तिनीहरू तृप्त हुनेछन्।
7दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्।
8शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
9मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
10धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
11“तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् र तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्ट कुराहरू गर्छन्।
12तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए।
13“तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो त बाहिर फालिन र मानिसहरूद्वारा कुल्चनबाहेक अरू कुनै काम लाग्दैन।
14“तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको सहर लुक्न सक्दैन।
15मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्दैनन्; तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्। अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ।
16यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
17“म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइनँ, तर ती पूरा गर्न आएको हुँ।
18म तिमीहरूलाई साँच्चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन।
19कसैले यी आज्ञाहरूमध्ये सबैभन्दा सानो आज्ञालाई उल्लङ्घन गर्छ र अरूलाई पनि उल्लङ्घन गर्न सिकाउँछ भने उही नै स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ। तर जसले यी आज्ञाहरू पालन गर्छ र अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ।
20किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्न पाउनेछैनौ।
21“तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू, अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’
22तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ।
23“यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्ने सम्झना आयो भने,
24तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्ल आफ्नो भेटी चढाऊ।
25“तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला।
26म तिमीलाई साँच्चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।
27“तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ।
28तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।
29यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ।
30अनि यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ।
31“यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’
32तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ। अनि जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ।
33“फेरि मानिसहरूलाई धेरै अगि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’
34तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्वरको सिंहासन हो;
35न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो।
36अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।
37तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ।
38“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’
39तर म तिमीहरूलाई भन्दछु, दुष्ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिम्रो दाहिने गालामा हिर्कायो भने उसलाई तिमीले अर्को गाला पनि थापिदेऊ।
40अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल।
41यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ।
42तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर।
43“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’
44तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर। अनि तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।
45अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ।
46यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र?
47अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ र? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र?
48यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ!
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath