ईसाई धर्म
पछाडि

लेवी 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“ ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ।

2“ ‘यदि कसैले कुनै अशुद्ध कुरा—वन पशु, गाईबस्तुका वा जमिनमा हिँड्‍डुल गर्ने जन्तुहरूका लास आफ्नो अज्ञानतामा छोयो भने त्यो विधिपूर्वक अशुद्ध हुँदछ र त्यो दोषी ठहरिनेछ।

3अथवा त्यसले अशुद्ध मानिसलाई छोयो (त्यसलाई अशुद्ध तुल्याउने कुनै पनि कुरा आफ्नो अज्ञानतामै छोयो) भने, र त्यसलाई त्यो थाहा भयो भने त्यो दोषी ठहरिनेछ।

4अथवा कसैले असल वा खराब केही गर्छु भनेर सोचविचारै नगरी शपथ खायो वा असावधानी भएर कुनै कुरामा शपथ खायो भने, र त्यसलाई त्यसको बारेमा ज्ञानै भएन, तर पनि जब त्यसले त्यो कुरालाई महसुस गर्छ, तब त्यो दोषी ठहरिनेछ।

5यीमध्ये कुनै कुरामा कोही दोषी छ भने त्यसले कुन कुरामा पाप गरेको छ, त्यो पाप स्वीकार गर्नुपर्छ।

6अनि त्यसले गरेको पापका दण्डस्वरूप याहवेहकहाँ बगालबाट पाप शुद्धीकरण बलिका लागि भेडाको पाठी वा बाख्राको पाठी ल्याओस्। अनि पुजारीले त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गर्नेछ।

7“ ‘यदि त्यो थुमा ल्याउन आर्थिक रूपमा असक्षम छ भने कलिला दुई वटा ढुकुर वा परेवाहरू याहवेहको सामु ल्याओस्—एउटा पाप शुद्धीकरण बलिका निम्ति र अर्को होमबलिका निम्ति।

8त्यसले ती पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पाप शुद्धीकरण बलिका निम्ति चढाउनेछ। त्यसले त्यसको शिरलाई नचुँडाइकन घाँटी निमोठोस्,

9अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो।

10त्यसपछि पुजारीले अर्कोलाई चाहिँ होमबलिस्वरूप तोकिएको विधिअनुसार चढाओस्। अनि त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गरोस्, र त्यसले क्षमा पाउनेछ।

11“ ‘तर त्यो दुई वटा कलिला ढुकुर वा परेवा ल्याउन पनि आर्थिक रूपमा असक्षम छ भने त्यसले आफ्नो पापका लागि पाप शुद्धीकरण बलिस्वरूप एपाको दशौँ भाग मसिनो पिठो ल्याओस्। त्यो पाप शुद्धीकरण बलि भएको हुनाले त्यसले त्यसमा जैतुनको तेल र धूप नराखोस्।

12त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले त्यसबाट सम्झनाको भागका निम्ति एक मुठी लिएर याहवेहका निम्ति अग्निबलिको वेदीमाथि जलाओस्। यो पाप शुद्धीकरण बलि हो।

13यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्‍नबलिको समान पुजारीको हुनेछ।’ ”

14फेरि याहवेहले मोशालाई भन्‍नुभयो:

15“जब कसैले आज्ञा उल्‍लङ्घन गरेर अनजानमा याहवेहका पवित्र कुराहरूमा पाप गर्छ, त्यसले याहवेहकहाँ पवित्रस्थानको शेकेलअनुसार चाँदीको उचित मूल्य बराबरको एउटा निष्खोट भेडा आफ्नो बगालबाट दण्डस्वरूप ल्याओस्; यो दोषबलि हो।

16त्यसले पवित्र चीजहरूको विषयमा जुन कुरा पूरा गर्न सकेन, त्यसको निम्ति त्यसले हर्जाना तिरोस्। त्यसले त्यस मूल्यमा यसको पाँचौँ भाग थपेर पुजारीलाई देओस्, जसले दोषबलिको रूपमा भेडा लिएर त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।

17“यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ।

18त्यसले दोषबलिस्वरूप आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा बोका पुजारीकहाँ ल्याओस्। यस प्रकार त्यसले अनजानमा गरेको अपराधका लागि पुजारीले प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।

19यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath