ईसाई धर्म
पछाडि

लेवी 23

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले मोशालाई भन्‍नुभयो,

2“इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘मेरा तोकिएका चाडहरू, याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले पवित्र सभाहरू भनी घोषणा गर्नू।

3“ ‘छ दिनसम्म तिमीहरूले काम गर्नू, तर सातौँ दिन शब्बाथ विश्रामको दिन, पवित्र दिन हो। त्यस दिन तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि यो दिन याहवेहका निम्ति शब्बाथ हो।’

4“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू:

5याहवेहको निस्तार पहिलो महिनाको चौधौँ दिनको साँझमा सुरु हुन्छ।

6त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू।

7यस चाडको पहिलो दिन एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्नो दैनिक काम नगर्नू।

8सात दिनसम्म याहवेहलाई अग्निबलि चढाउनू। अनि सातौँ दिनमा एउटा पवित्र सभा राख्नू। त्यस दिन कुनै दैनिक काम नगर्नू।’ ”

9याहवेहले मोशालाई भन्‍नुभयो,

10“इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिन लागेको देशमा प्रवेश गर्छौ र त्यहाँ बाली कटनी गर्छौ; तब तिमीहरूले कटनी गरेका पहिलो अन्‍नको एक बिटा पुजारीकहाँ ल्याउनू।

11उसले त्यो बिटा याहवेहको सामु उचालेर अर्पण गरोस्, ताकि त्यो तिमीहरूको पक्षमा ग्रहण होस्। पुजारीले त्यसलाई शब्बाथ दिनको भोलिपल्ट विशेष भेटीको रूपमा अर्पण गरोस्।

12तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू।

13त्यससित एपाको दशौँ भागको दुई भाग मसिनो पिठो जैतुन तेलसँग मिसाएर अग्निबलि याहवेहलाई मनपर्ने बास्‍ना हुने गरी र एक हिन दाखमद्य अर्घबलिस्वरूप चढाउनू।

14यी बलिहरू आफ्ना परमेश्‍वरकहाँ नल्याएसम्म तिमीहरूले कुनै रोटी, भुटेको अन्‍न अथवा नयाँ अन्‍न नखानू। तिमीहरू जहाँ बसे तापनि यो भावी पुस्ताका लागि एउटा सधैँ रहिरहने विधि हुनेछ।

15“ ‘शब्बाथ दिनको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्‍ता गन्‍नू।

16सातौँ शब्बाथ दिनको भोलिपल्टसम्म पचास दिन गन्‍नू; अनि नयाँ अन्‍नबलि याहवेहकहाँ चढाउनू।

17तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू

18त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्‍नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्‍नाको होमबलि हुनेछन्।

19त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू।

20पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्।

21त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो।

22“ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

23याहवेहले मोशालाई भन्‍नुभयो,

24“इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति शब्बाथ विश्रामको दिन हुनुपर्छ। तुरही फुकेर सम्झनाका निम्ति एक पवित्र सभा हुनुपर्छ।

25नियमित काम नगर्नू, तर आगोद्वारा चढाइने भेटी याहवेहकहाँ चढाउनू।’ ”

26याहवेहले मोशालाई भन्‍नुभयो,

27“यस सातौँ महिनाको दशौँ दिन प्रायश्‍चितको दिन हो। एउटा पवित्र सभा बोलाउनू र आफूलाई इन्कार गर्नू; अनि याहवेहकहाँ अग्निबलि चढाउनू।

28त्यस दिन कुनै काम नगर्नू। किनकि त्यो याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूका निम्ति प्रायश्‍चित गरिने प्रायश्‍चितको दिन हो।

29त्यस दिन आफूलाई इन्कार नगर्नेलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।

30त्यस दिन कुनै पनि काम गर्नेलाई म त्यसका मानिसहरूबाट नाश गर्नेछु।

31तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो।

32यो तिमीहरूका निम्ति शब्बाथ विश्रामको दिन हो। अनि तिमीहरूले आफूलाई इन्कार गर्नू। महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्टको साँझसम्म तिमीहरूले आफ्ना शब्बाथ पालन गर्नू।”

33याहवेहले मोशालाई भन्‍नुभयो,

34“इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पन्ध्रौँ दिनमा याहवेहको छाप्रोबासको चाड सुरु हुन्छ र यो सात दिनसम्म रहन्छ।

35पहिलो दिन पवित्र सभा हो। त्यस दिन दैनिक काम नगर्नू।

36सात दिनसम्म याहवेहकहाँ अग्निबलि चढाउनू। आठौँ दिनमा एउटा पवित्र सभा राख्नू। अनि याहवेहकहाँ अग्निबलि चढाउनू। यो समाप्‍तिको विशेष सभा हो। यस दिन दैनिक काम नगर्नू।

37(“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले याहवेहकहाँ आगोद्वारा चढाइने बलि—होमबलि र अन्‍नबलि र प्रतिदिन चढाइनुपर्ने बलिदानहरू र अर्घबलिहरू ल्याउनका लागि पवित्र सभा भनी घोषणा गर्नू।

38यी बलिहरू याहवेहका शब्बाथ दिनका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।)

39“ ‘यसकारण सातौँ महिनाको पन्ध्रौँ दिन तिमीहरूले जमिनको बाली बटुलिसकेपछि याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। पहिलो दिन शब्बाथ विश्रामको दिन हो। अनि आठौँ दिन पनि शब्बाथ विश्रामदिन हो।

40पहिलो दिन तिमीहरूले विशाल रूखका हाँगाहरू—खजूरका रूखबाट धेरै पात हुने रूखहरू र लहरे पीपलको रूखबाट याहवेह तिमीहरूका परमेश्‍वरका सामु सात दिनसम्म आनन्द मनाउनू।

41यो उत्सव तिमीहरूले याहवेहका निम्ति सात दिनसम्म हरेक वर्ष मनाउनू। भावी पुस्ताका निम्ति यो सदाकालका लागि एक विधि हो। यसलाई तिमीहरूले सातौँ महिनामा मनाउनू।

42तिमीहरू सात दिनसम्म पालहरूमा बस्‍नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्‍नू।

43अनि तिमीहरूका सन्तानले जान्‍नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्‍न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

44यसकारण मोशाले इस्राएलीहरूलाई याहवेहका तोकिएका चाडहरू घोषणा गरिदिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath