लेवी 22
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले मोशालाई भन्नुभयो,
2“हारून र त्यसका छोराहरूलाई इस्राएलीहरूले मलाई अर्पण गरेका पवित्र बलिहरूप्रति आदरपूर्वक व्यवहार गर्न भन्नू। अनि तिनीहरूले मेरो नाम अपवित्र नतुल्याऊन्। म नै याहवेह हुँ।
3“तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ।
4“ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ,
5अथवा त्यसले आफूलाई अशुद्ध पार्ने कुनै घस्रने जीवजन्तु छोयो भने अथवा त्यसलाई अशुद्ध पार्ने जस्तोसुकै अशुद्धता भएको कुनै मानिसलाई छोयो भने तापनि त्यो अशुद्ध हुनेछ।
6जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्।
7घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो।
8त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ।
9“ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।
10“ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्।
11तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्।
12यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्।
13तर यदि कुनै पुजारीकी छोरी विधवा भएकी अथवा त्यागिएकी छ, र त्यो सन्तानविहीन छे, र त्यो आफ्नो बुबाको घरमा बसेकी छे भने त्यसले आफ्ना बुबाको भोजन खान सक्छे। तरै पनि अधिकार नपाएको कुनै व्यक्तिले भने त्यसबाट केही खान सक्दैन।
14“ ‘यदि कसैले भूलले पवित्र भेटी खाएमा त्यसले पुजारीलाई ती भेटीहरूका हर्जाना देओस्, र त्यसमाथि त्यसको मूल्यको पाँचौँ भाग थपेर देओस्।
15इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्।
16तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”
17याहवेहले मोशालाई भन्नुभयो,
18“हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कोही, अर्थात् कुनै इस्राएली अथवा इस्राएलमा बस्ने परदेशीले भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक भेटीस्वरूप याहवेहका निम्ति होमबलिका लागि कुनै भेटी चढाउँछ भने,
19तिमीहरूले गाईबस्तुबाट, भेडा अथवा बाख्राबाट निष्खोट पाठा तिमीहरूको पक्षमा त्यो ग्रहणयोग्य होस् भनेर चढाउनू।
20खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन।
21यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्।
22याहवेहकहाँ आँखा नेदेख्ने, चोट लागेको अथवा अङ्ग-भङ्ग भएको, छालारोगी, कुहिएको, घाउ भएको अथवा आलो घाउ भएकाहरू नचढाउनू। यस्ता कुनैलाई पनि याहवेहकहाँ आगोद्वारा चढाइने बलिदानस्वरूप वेदीमाथि नराख्नू।
23तरै पनि तिमीहरूले स्वेच्छापूर्वक भेटीस्वरूप अङ्ग-भङ्ग भएको र चोट लागेको गोरु अथवा भेडा चढाउन सक्छौ। तर भाकल पूरा गर्ने विषयमा त्यो ग्रहण हुनेछैन।
24तिमीहरूले याहवेहकहाँ अण्डकोषमा चोट लागेको, थेप्चिएको, च्यात्तिएको अथवा काटिएको पशु चढाउनुहुँदैन। तिमीहरूले आफ्नै देशमा यस्तो गर्नुहुँदैन।
25अनि तिमीहरूले यस्ता पशुहरू परदेशीको हातबाट ग्रहण गरेर तिनीहरूलाई आफ्ना परमेश्वरको भोजनस्वरूप नचढाउनू। ती तिमीहरूका पक्षमा ग्रहण गरिनेछैनन्; किनकि ती कुरूप र दोषसहित छन्।’ ”
26याहवेहले मोशालाई भन्नुभयो,
27“एउटा बाछा, थुमा अथवा बाख्रा जन्मँदा, त्यो त्यसकी आमासित सात दिनसम्म रहनुपर्छ। आठौँ दिनदेखि उसो त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको भेटीस्वरूप ग्रहण हुनेछ।
28गाई अथवा भेडा र तिनीहरूका बच्चाहरू, दुवैलाई एकै दिन नमार्नू!
29“तिमीहरूले आफ्ना धन्यवादको भेटी याहवेहका निम्ति बलिदान गर्दा त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुने गरी बलि चढाओ।
30त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ।
31“मेरा आज्ञाहरू पालन गर्नू, र त्यसअनुसार चल्नू। म नै याहवेह हुँ।
32मेरो पवित्र नामलाई अपवित्र नतुल्याउनू। म पवित्र छु भनी इस्राएलीहरूले स्वीकार गर्नैपर्छ। तिमीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।
33अनि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath