ईसाई धर्म
पछाडि

लेवी 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनका पुजारी छोराहरूलाई यसो भन्: ‘आफ्ना मानिसहरूबाट कसैको मृत्यु हुँदा पुजारीले आफूलाई अशुद्ध नतुल्याओस्।

2तर आफ्नो साक्खै अर्थात् आफ्ना आमाबुबा, आफ्ना छोराछोरी, दाजुभाइ,

3अथवा आफ्नी साक्खै कन्या दिदीबहिनीका निम्ति त्यसले आफूलाई अशुद्ध तुल्याउन सक्छ।

4वैवाहिक सम्बन्धद्वारा भएका आफन्तहरूका निम्ति त्यसले आफूलाई अशुद्ध बनाएर त्यो अपवित्र नबनोस्।

5“ ‘पुजारीहरूले आफ्ना शिर र दाह्रीका किनार नखौरून्, र आफ्ना शरीरमा चोट नपारून्।

6आफ्ना परमेश्‍वरका निम्ति तिनीहरू पवित्र रहून्, र आफ्ना परमेश्‍वरको नाम अपवित्र नपारून्। किनकि तिनीहरूले याहवेहका निम्ति आगोद्वारा चढाइएको बलि, आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। यसकारण तिनीहरू पवित्र रहून्।

7“ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुन्।

8तिमीहरूले पुजारीहरूलाई पवित्र मान्‍नू। किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र रहून्। किनकि तिमीहरूलाई पवित्र पार्ने म याहवेह पवित्र छु।

9“ ‘यदि कुनै पुजारीकी छोरीले वेश्या भएर आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई कलङ्कित पार्छे; त्यसलाई आगोमा जलाइयोस्।

10“ ‘आफ्ना दाजुभाइहरूमध्ये आफ्नो शिरमाथि अभिषेकको तेल खन्याइएको छ, र पुजारीका पोशाकहरू लगाउन नियुक्त भएको प्रधान पुजारीले आफ्नो केश खुला नछोडोस्, र आफ्ना लुगा नच्यातोस्।

11कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्;

12न त त्यसले पवित्रस्थानलाई छोडोस्, अथवा त्यसलाई दूषित पारोस्। किनकि परमेश्‍वरको अभिषेकको तेलले त्यसलाई अर्पण गरिएको छ। म नै याहवेह हुँ।

13“ ‘त्यसले विवाह गर्ने स्त्री कन्या हुनुपर्छ।

14त्यसले विधवा, त्यागिएकी स्त्री अथवा वेश्यावृत्तिद्वारा कलङ्कित स्त्रीलाई विवाह गर्नुहुँदैन। तर केवल आफ्नै जातिबाटको कन्यालाई मात्र विवाह गर्नुपर्छ।

15त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”

16याहवेहले मोशालाई भन्‍नुभयो,

17“हारूनलाई भन्: ‘भावी पुस्ताका निम्ति तेरो सन्तानबाट खोट भएको कुनै व्यक्ति पनि आफ्नो परमेश्‍वरको भोजन चढाउनलाई नजिक नआओस्।

18यस्ता खोट भएका कुनै मानिस पनि नजिक नआओस्: दृष्‍टिविहीन, लङ्गडा, रूप बिग्रेको वा कुरूप;

19अपाङ्ग खुट्टा वा हात भएको मानिस,

20कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको।

21पुजारी हारूनको सन्तानमा कुनै पनि खोट भएको व्यक्ति याहवेहलाई आगोद्वारा चढाइने बलि चढाउन नजिक नआओस्। त्यसमा खोट हुनाले आफ्नो परमेश्‍वरको भोजन चढाउन नजिक नआओस्।

22तर त्यसले आफ्नो परमेश्‍वरको महा-पवित्र र पवित्र दुवै भोजन खान सक्छ।

23त्यसमा खोट भएको हुनाले त्यो मेरो पवित्रस्थानलाई दूषित पार्नलाई पर्दानिर अथवा वेदीको नजिक नआओस्। तिनीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।’ ”

24यसकारण मोशाले हारून र उनका छोराहरूलाई अनि सारा इस्राएलीहरूलाई यी कुरा सुनाए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath